Ads

बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवी कम मात्रामा भएको बताएका छन्। आज(सोमबार) पोखरामा नेकपा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो। मैले शास्त्रका कुरा गर्छु, उनीहरू उखान टुक्का भन्छन्।’

एमालेलाई सिध्याउन धेरै प्रयास भएको, बदनाम गर्न खोजिएको र बंग्याएर प्रस्तुत गर्न खोजिएको बताउँदै उनले एमाले सधै शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गरे।

ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ। कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन।’
ओलीले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ धाँधली गर्ने रणनीतिमा रहेको जिकिर गर्दे नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क गर्न नहुने समेत बताए।

Ads

सम्बन्धित पोष्टहरू