Ads

भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लुम्बिनीमा


काठमाडौं। भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली आज(बुधबार) रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय विमानमार्फत ३० जनाको टोली आएको हो। २५६३ औं बुद्ध जयन्तीका लागि लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भैरहवा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

स्रोतका अनुसार जेठ २ गते हुने बुद्धजयन्ती समारोहका आगि आएको सुरक्षाकर्मीको टोली जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू