Ads

मतदानका लागि आवश्यक छैन मतदाता परिचय पत्र


काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मतदान गर्न मतदाता परिचय पत्र अनिवार्य नभएको निर्वाचन आयोगले बताएको छ।

आज(बुधबार) आयोगले एक विज्ञप्ती जारी गर्दै मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनीको प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न सक्ने ब्यवस्था भएको बताएको हो।

मतदाताले पेश गरेको प्रमाणलाई निर्वाचन अधिकृतले मतदाता नामावली विवरणसँग भिडाई यकिन गरेपछि मतदान गर्न पाउने ब्यवस्था मिलाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू