Ads

तत्कालै मन्त्री परिवर्तनको सम्भावना कम,मन्त्री बन्न ठिक्क परेकाहरू निराश


काठमाडौं । सत्ता गठबन्धनका शीर्षनेताहरु तत्कालै मन्त्री परिवर्तन नगर्ने निष्कर्षमा पुगेका छन् ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणी चौधरीलाई शहरी विकास मन्त्रालय, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या र हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सहभागी गराउने निर्णय गरेको थियो ।

यसैगरी, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृतिमन्त्री प्रेम आलेमगर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई सरकारबाट फिर्ता गर्ने जनाइएको थियाे ।

“आजै शपथ ग्रहणको समय के कति भन्ने खबर आइसकेको छैन । एकीकृत समाजवादीको भागमा परेको मन्त्रालय बमोजिम कार्यान्वयन हुन्छ । प्राविधिक रुपमा समय यता उता हुन सक्छ, तर यो कार्यान्वयन चाहिँ हुन्छ ।”, श्रेष्ठ बताउनुहुन्छ ।

सत्ता गठबन्धनको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सामान्य छलफल मात्रै भएको बताउनुभयो ।

 

Ads

सम्बन्धित पोष्टहरू