काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।
निगमको अप्रेशन निर्देशक रहनुभएका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाउनुभएको बताइएको छ । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्काशन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा पर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्