Ads

एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय : चीन


काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने भनी नेपालले गरेको निर्णयको प्रशंसा गरेको छ ।

विहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।

उनले एसपीपीलाई लिएर नेपालमा व्यापक विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको बताए ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू