Ads

जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्यार्षित सम्बन्ध


बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्यार्षित सम्बन्ध रहेको बताउनुभएको छ । उहाले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।
७१ औं मदन जयन्तीका अवसरमा प्रेस चौतारीले रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उहाले अभिव्यक्ति स्वतन्त्रतालाई पाटीपंक्ति र नागरिकबीच प्रयोगमा देखाउने जनाउनुभयो ।

मदनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिश्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गर्नुभएको थियो । उहाले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्व सुलभ बनाउनुपर्छ र लैंगिक र सामाजिक समावेशीकरणका मुद्धामा काम गर्नुपर्छ भन्ने विचार प्रतिपाद गर्नुभएको थियो । एमाले उपाध्यक्षले जनताको बहुदलिय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पुर्याउन आफू निरन्तर लागेको बताउनुभयो ।
विचार वर्ग संघर्ष र व्यवहारिक प्रयोगबाट निर्माण हुने बताउदै उपाध्यक्ष पौडेलले मदन भण्डारीले पनि नागरिकको समस्या बुझेर त्यसको निराकरणका लागि जनताको बहुदलिय जनवाद ल्याएकाले त्यसको लोकप्रियता बढ्दै गएका बताउनुभयो । कम्न्युष्टहरु पनि आवधिक निर्वाचनमा जाने र नागरिकबाट अनुमोदित हुनुपर्छ भन्ने जवजको धारणा रहेको बताउदै उनले हरेक कुरामा पाटी अनुमोदित हुने अभ्यास गरिरहेको बताउनुभयो ।


पौडेलले मदन पद र आलोचनाको वास्ता नभएको तर आफ्नो विचार र निश्कर्षको एकदमै विश्वासी र परिपक्क रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका एमाले प्रचार विभाग प्रमुख डिआर घिमिरेले अभिव्यक्ति स्वतन्त्रता र मदनका विचारबारे बताउनुभयो ।
लेखक ऋषि आजादले दलहरुले देशका नागरिक हुन् या पाटीका कार्यकर्तालाई फरक विचारबारे बोल्न दिनुपर्ने बताउनुभयो । नागरिक या पाटी कार्यकर्ताका मनमा कुण्ठा पैदा भयो भने पाटी बिग्रने भएकाले कसैले मनमा लागेको कुरा बोल्न दिनुपर्ने बताए ।
लेखक हुमराज विभागले अभिव्यक्ति स्वतन्त्रताको सुरुवात जनताको बहुदलिय जनवादले सुरुवात गरेको बताउनुभयो । सहप्रधानाध्यापक लीलावल्लभ ढकालले नागरिकको जीवनस्तर सुधार्न जवजको महत्वबारे बताउनुभयो ।

 

Ads

सम्बन्धित पोष्टहरू