Ads

‘घरज्वाइँ’को पोस्टर सार्वजनिक


काठमाडाैँ । फिल्म ‘घरज्वाइँ’का दुईवटा पोस्टर सार्वजनिक हुँदा दुई मूल पात्र पनि सार्वजनिक गरिएको छ ।

पोस्टरमध्ये एकमा अभिनेता दयाहाङ राईलाई बन्दुक बोकेको रवाफिलो अन्दाजमा देखाइएको छ भने अर्कोमा दयाहाङलाई डोको बोकेर नायिका मिरुना मगरलाई पछ्याइरहेको देख्न सकिन्छ । सो पोस्टरमा मिरुनाले उनको कपडा बुनिरहेको देख्न सकिन्छ ।

अनिल बुढा मगर निर्देशित फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर आदिको अभिनय छ ।

२८ असारमा रिलिज हुने फिल्म  मगर संस्कृतिमा आधारित छ । पूर्वी रुकुमका विभिन्न रस्थानमा छायांकन गरिएको फिल्मको कथा तथा पटकथा पनि निर्देशक बुढाले लेखेका हुन् । सुसन प्रजापतिले खिचेको सिनेमामा हर्क साउदको शब्द तथा मनोज थापाको संगीत छ भने रामजी लामिछानेको कोरियोग्राफी छ  ।

 

Ads

सम्बन्धित पोष्टहरू