Ads

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित


काठमाण्डौ । शनिबार आयोजित संस्थाको ४९औं वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचनबाट प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित छन् । शर्माले ४६ मत पाउँदा महर्जनले १०६ मत पाएपछी अध्यक्षका प्रत्यासी कुवेर शर्मा पराजित भएका हुन् ।

सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

आइतबार बस्ने नयाँ कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनित गर्ने जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू