Ads

चलचित्र ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री नेपालकाे अभिनय


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका छन् ।

नेपालले आज काठमाडौंमा चलचित्र ‘नमेटिने घाउ’को सुटिङ सेटमा गएर टेक दिएका हुन् ।

उनले चलचित्रका लागि केही संवाद समेत बोलेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन् ।

यो चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अभिनय गर्दैछन् । ‘नमेटिने घाउ’ एसिड आक्रमणको विषयमा केन्द्रित सिनेमा हो ।

सोही विषयको सेरोफेरोमा केन्द्रित रहेर नेपालको संवाद रहेको निर्माण पक्षले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू