Ads

गायिका एलिनाले कसिन विष्णुसँग लगनगाँठो


काठमाडाैं । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्।

चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन्।

आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो। यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका लागेका हुन्।

एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू