Ads

‘बोक्सीको घर’ले महिलाप्रधान चलचित्र व्यावसायिक रूपमा सफल हुँदैनन् भन्ने भाष्य तोड्यो: स्वस्तिमा खड्का


काठमाडाैं। अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ ले आक्रामक कमाइ गरिरहेको छ।

सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो। तर फिल्मले आक्रामक कमाइ गरेपछि धेरैले विभिन्न प्रतिक्रिया दिएका छन्।

यसैबिच नायिका स्वस्तिमा खड्काले फिल्म ‘बोक्सीको घर’ ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्वस्तिमाले ३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् भन्ने भाष्य तोडेको बताएकी छिन्।

उनले महिलाप्रधान चलचित्रहरू व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन्, अभिनेत्रीहरूलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ र विवाहित अभिनेत्रीहरू चलचित्रमा रुचाइँदैनन् भन्ने रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको बताएकी छिन्।

Ads

सम्बन्धित पोष्टहरू