मुम्बई। बलिउड सुपरस्टार प्रभास र अभिनेत्री कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’को टिजर रिलिज हुनासाथ टिजर दर्शकको निशानामा पर्याे । ओम राउत निर्देशित फिल्मको टिजरमा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्स र हनुमानको लुक्समा दर्शकले आपत्ति जनाए ।
दर्शकले फिल्ममा रामायणलाई इस्लामीकरण गरेको आरोप पनि लगाए । दर्शकको विरोधपछि निर्माताले फिल्मको रिलिज मितिलाई सारे । रिलिज मिति सारेपछि उनीहरुले फिल्मभित्र पात्रको लुक्स र केही भीएफएक्स परिवर्तन गर्ने काम सुरु गरिसकेका छन् ।
निर्माताले फिल्मको बजेट सय करोड बढाएर भीएफएक्सको काम सुरु गरिसकेका छन् । टिजरमा सैफ अली खानको दाह्रीलाई भीएफएक्सको माध्यमबाट हटाइनेछ । निर्माताले बिना दाह्रीको रावणका रुपमा सैफलाई प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्