काठमाडौं । लोकप्रिय गायिका सविता बस्नेत र गायक तथा सङ्गीतकार राम धिमालको स्वरमा बाबा आमाप्रति छोराछोरीको कर्तव्य वयान गरिएको सन्देशमूलक भावको गीत ‘बाबा आमा भगवान’ को भिडियो बजारमा आएको छ दाजु बहिनीको संवादको रुपमा प्रस्तुत गरिएको यो युगल गीत सर्जक चन्द्रमान तामाङको शब्दरसङ्गीतमा तयार भएको हो भने गीतमा मनोहर सुनामको सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङरमाष्टरिङ रहेको छ ।
भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । जसमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेमाटोग्राफी एवं सम्पादन रहेको छ । भने लोकेश भाटको सहसम्पादन रहेको गीत वर्ल्डकभर मिडियाकै YouTube Channel बाट सार्वजनिक गरिएको छ ।
नेपाली समाजको घर घरको यथार्थ कथा बोकेको यस गीतमा परदेशी छोराछोरी कहिले घर फर्कलान् भनेर बाटो हेरिरहेका लाखौँ बाबु आमाको एकांकी अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ ।
गीतले बाबु आमाप्रति छोराछोरीको कर्तव्य र जिम्मेवारीको गहिरो र मननीय सन्देश छरेको छ । साथै संसारमा बाबु आमा भन्दा ठूला कोही पनि नभएको र जीवित छँदै तन मनले उनीहरुको सेवा गर्न प्रेरित गरेको छ ।
https://youtu.be/tk2egm2VGxghttps://www.youtube.com/watch?v=tk2egm2VGxg
प्रतिक्रिया दिनुहोस्