Ads

कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम होः प्रदीप खड्का


काठमाडौँ, । अभिनेता प्रदीप खड्काले कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम हुने बताएका छन् । उनले यसका लागि आफू सद्भावना दूतका रूपमा अघि बढ्न तयार रहेको धारणा राखे ।

‘कर्णाली चिनाउन यहाँका उत्पादन समेत ब्राण्डीङ गर्नु पर्नेछ’, उनले भने । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबार समापन कार्यक्रममा अभिनेता प्रदीपको अलवा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी पनि त्यहाँ पुगेका थिए ।

डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए । उनले कर्णालीलाई चलचित्र हब बनाउन बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू