Ads

महिला फुटबलका प्रशिक्षकमाथि सुपरहिट गायिकाको अभद्र टिप्पणी


काठमाडौं । ‘ऊनको स्वीटर’ चलचित्रको सुपरहिट गीत ‘भगाउँछ काफ्ले…’ की गायिका झुमा लिम्बुले महिला फुटबल टीमका प्रशिक्षक प्याट्रिक डे वाइल्डविरुद्ध अभद्र टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वाइल्डको रूप रंगमाथि छेडखानी गरेकी हुन् ।

महिला फुटबल टिमको कप्तान परिवर्तन लगायतका विषयमा प्रशिक्षक वाइल्ड र एन्फाबीच वाकयुद्ध चलिरहेको छ । महिला टिमकी पूर्वकप्तान एन्जेला तुम्बापो सुब्बाले समेत एक अन्तरवार्तामा वाइल्डप्रति असन्तोष पोखेकी छन् । यही सन्दर्भमा काफ्ले गायिकाको स्टाटस आएको हो ।

उनले लेखकी छन्, ‘त्यस्तो नाथे खुइले बाँदरलाई कसले कोच बनाएर ल्याको ? कि यस्तो मिलेको टिम फुटाउन कुनै हाम्रै बाँदरले खुइले बाँदरको काँधबाट बन्दुक पड्काउँदैछ ?’ लाओस र श्रीलंकामाथि जित हात पारे पनि उज्बेकिस्तानसँगको निर्णायक खेलमा नेपाल टाइब्रेकरमा पराजित भएपछि एसियन कपमा छनोट हुन चुकेको थियो ।

खेलपछि बेल्जियम फर्किएका वाइल्डले एक दैनिक पत्रिकामा अन्तरवार्ता दिँदै एन्फा नेतृत्वप्रति चरम असन्तुष्टि पोखेका थिए । उनी नेपाल फर्किने वा नफर्किने अनिश्चित बनेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू