Ads

दिल्ली पुगे रास्वपा सभापति लामिछाने, विमानस्थलमा भाजपा नेताहरूको स्वागत


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।

दिल्ली विमानस्थलमा उनलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले भव्य स्वागत गरेका थिए। जेठ १८ देखि २२ गते (जुन १ देखि ५) सम्म हुने यस भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने, भाजपा नेतृत्व, त्यहाँ रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्ने र ऐतिहासिक नगरी अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। यस भ्रमण र भेटघाटको सम्पूर्ण समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको पार्टीले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू