काठमाडौं, । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले यस वर्षको पुरस्कारबाट सम्मानीत गर्नका लागि चार जना स्रष्टाको चयन गरेको छ । बिक्रम संवत २०६८ बाट हरेक वर्ष सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यो वर्ष स्रष्टा छनोट गरेको प्रतिष्ठानले जनाएको छ ।
यो वर्षको दैवज्ञ विशिष्ट स्रष्टा सम्मान प्रा.डा. बासेदेव त्रिपाठीलाई अर्पण गरिने भएको छ । यो पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ । त्यस्तै दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि जसराज किराँतीलाई दिइने भएको छ । यो पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रहेको छ ।
दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ बालसाहित्य स्रष्टा गोपाल पराजुली लाई दिइने भएको छ । यो पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रहेको छ । दैवज्ञ समाजसेवा पुरस्कार वरिष्ठ समाजसेवी सीता पोख्रेललाई दिइने तय भएको छ । यो पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रहेको प्रतिष्ठानले जनाएको छ ।
उपर्युक्त सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसको अवसर पारेर आगामी पुस २३ गते काठमाडौँमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्