काठमाडौं । गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् । मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन् ।
झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता हजारबढी लोकपप आधुनिक गीतहरुको भिडियो निर्देशन गरेका दीपेन्द्र तिमल्सिनाकै निर्देशन र कोरियोग्राफीमा गरेको ‘घर त गैरी गाउँ’को भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय छ । तिमल्सिनाले नेपाली तथा भोजपुरी गरी एक दर्जनभन्दा बढी चलचित्रहरुमा नृत्य निर्देशन गरेका छन् ।
भिडियाे लिंक :
प्रतिक्रिया दिनुहोस्