खड्क सुनार
मुगु । नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी झापा बिर्तामोड नगरपालिका–३ चारपानेकी नेहारिका खड्कालाई भोट माग्न मुगुमा ‘कर्णालीकी भान्जी जिताऔँ अभियान थालिएको छ ।
मुगुबमे खत्याड गाउँपालिका–११ लुई रातापानीका आमा प्रतिभा कार्की बुबा नेत्र कार्कीकी ८ वर्षीया छोरी नेहारिका कार्कीलाई सेमिफाइनल प्रवेशसहित उपाधि दिलाउन मुगुवासीले कर्णालीकी भान्जी जिताऔं अभियान थालनी गरेका हुन् ।
पत्रकार सम्मेलन गरेर नेहारिका मुगुको मात्र नभई समग्र कर्णालीकै भान्जीको रुपमा हेरेर ‘नेहारिका खड्का अर्थात् कर्णालीकी भान्जी जिताऔँ अभियान’ सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटिी सदस्य मदन बाँनियाले बताए ।
नेहारिकालाई उपाधि दिलाउन मुगुमा एमाले, कांग्रेससहित राजनीतिक दल, सामाजिक संघसंगठन सक्रिय हुँदै नेहारिकाको पक्षमा भोट मागेका छन् । नेहारिकाका बुबा नेत्र खड्का हाल अस्ट्ररियामा छन् ।
प्रतिक्रिया दिनुहोस्