Ads

चलचित्र हलहरुले दिए मेयर बालेन्द्रलाई चुनौती, आदिपुरुष चलाउने निर्णय


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरीहुन् भन्ने संवाद नसच्याए महानगरपालिकाभित्र हिन्दी चलचित्र चलाउन नदिने चेतावनीमा चुनौती दिएका छन् ।

बिहीबार मेयर साहले भारतमा समेत उक्त संवाद सच्याउन अन्यथा काठमाडौं महानगरपालिकामा चलाउन नदिने भनी सामाजिक सञ्जाल मार्फत चेतावनी दिएकोमा शुक्रबार बिहानको शो नचलाए पनि हल सञ्चालकहरुको आज बसेको बैठकले उक्त चलचित्र चलाउने निर्णय गरेको हो ।

बैठकपछि एक सदस्यले आदिपुरुष चलचित्र नचलाउने बारेमा कुनैपनि आधिकारिक पत्र नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए । उनले हाल काठमाडौंका सबै हलमा उक्त चलचित्र प्रदर्शनमा आएको बताए । त्यसका साथै उनले मेयर बालेन्द्रले भने झैं आपत्तिजनक रहेको शब्द हटाइसकिएको बताए । बालेन्द्रको फेसबुक स्टाटसपछि चलचित्र संघले आज बिहान आकस्मिक बैठक बोलाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू