Ads

आदिपुरुषले हिन्दु धर्मको मजाक उडाएको भारतकै अदालतको ठहर


भारतको उच्च अदालत लखनउले दक्षिण भारतीय चलचित्र आदिपुरुषले हिन्दु धर्मको मजाक उडाएको ठहर गरेको छ । तीन दिनसम्म सुनुवाइ गरेको इलाहाबाद उच्च अदालतले उक्त चलिचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिनु त्रुटिपूर्ण भएको ठहर गरेको हो ।

उच्च अदालतले उक्त चलचित्रमा प्रयोग गरिएका संवादहरुलाई आपत्तिजनक रहेको भनेको छ । अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको ठहर गरेको हो ।

यस्ता आपत्तिजनक संवाद राखिएको चलचित्रलाई किन प्रदर्शन गर्न अनुमति दिएको हो ? भनेर अदालतले गम्भीर प्रश्नसमेत त्यहाँको सेन्सर बोर्डलाई गरेको छ । प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवाद चलिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू