Ads

रोमानिया घटनाले मानसिक रुपमा विक्षिप्त बनाएको छ : प्रकाश सपुत


काठमाडौं । रोमानियाको एक सांगितिक कार्यक्रमका बीचमा भएको अप्रिय घटनाले आफु विक्षिप्त भएको बहुमुखी प्रतिभाका धनि लोकप्रिय गायक प्रकाश सपुतले बताएका छन् ।

मादक पदार्थ सेवन गरेर बेहोसीको तालमा सुजन गुरुङ नाम गरेका युवाले गायक प्रकाश सपूतमाथि वियरको बोतल प्रहार गरेका थिए । स्टेजमा गाउँदा गाउँदै वियरको बोतल प्रहार भएपछि त्यहाँको सांगितिक माहोल उथल–पुथल भएको थियो ।

एउटा कलाकारमाथि यस्तो घटना घट्नु अप्रिय भएको भन्दै विभिन्न संघसंस्था तथा कलाकारहरुले दोषीलाई सजायको माग गरेका थिए । तर, ती सबैको कुराहरुलाई यथावत राखेर गायक सपुतले आपसी समझदारी गर्दै बोतल प्रहार गर्ने युवा सुजन गुरुङलाई सहजै माफी दिए । साथै उनले अब देखि कसैलाई पनि यस्तो नगर्न सुझाब पनि दिए ।

हेर्नुस् उनको स्टाट्स  

सर्वप्रथम घट्नाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पुर्ण कलाकर्मी, संगितकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु , राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान लगायतका सम्पुर्ण संघसंस्थाहरु लाई धन्यबाद ! घट्ना थाहा पाएर चासो, चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने संसार भरी छरिएर रहनु भएका नेपाली शुभेच्छुक, शुचिन्तकहरुमा आभारी छु । मायाको साटोमा माया

घट्ना संग अरु कुनै ख़राब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुनत सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जिवनमा आईपर्ने यस्ता घटना र किस्साहरु पढ्दै , सुन्दै आएको हो । तर स्वयम आफु चाहि तयार भैसकेको रहेनछु । भर्खर यात्रा शुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ । कोभिड पछाडि यस्तो डर( एन्जाईटि) लाई पटक – पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु । जित्नु पर्छ ..

(मानसिक स्वास्थ्य बारे खुलेर कुरा गरौ है )

बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रो संग जान्दछु । मैले मेरो जिवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको संगत गरेको छु । त्यसमाथी सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा

चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होईन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो । मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु । र सधै हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्व संग प्रश्न गरिरहनेछु !

अन्त्यमा,

यो तस्विर पनि रोमानिया कै हो । हामी लन्चको लागी एउटा ईटालियन रेष्टुरेन्टमा जादा म आएको थाहा पाएर भित्र किचनमा काम गरिरहेका नेपाली दाजुहरुले म्यानेजर संग अनुरोध गरेर आफ्नो कामको पोशाक मै म संग तस्विर लिनुभएको थियो । पछि म्यानेजरले रोमानिया भाषा मैं हामी लाई भन्दै थिए – “ यिनिहरुलाई यत्ति धेरै ख़ुशी मैले कहिल्यै देखेको थिईन !” यो सुनेर म झनै ख़ुशी भए। हामी सबै आफ्नो – आफ्नो कर्म गरेर जिवन चलाउछौ । जिवन कटाउछौ । यसरी आफ्नो कर्मले अरुलाई ख़ुशी बाड्न पाउनु नै मेरो जिवनको सबै भन्दा ठुलो उपलब्धि हो । मैले कमाएकै तपाईहरुको प्रेम हो । शुभेच्छा हो र आम मानिसको भन्दा अलिकति फराकिलो पहिचान हो ।

बाकि धनपैसा त अरु कुनै पेशा गरेर पनि कमाउन सकिन्थ्यो किनकि म पहिले देखिनै आफ्नो परिवार, जिवन र भविष्य प्रति ज़िम्मेवार र सचेत मानिस हु । एक किसिमको प्रगति मैले जुनसुकै पेशामा पनि गर्न सक्थे ।

जिवन आफैमा एउटा यात्रा हो । यो यात्राको लागी म हिडेको बाटो मेरै रोजाई हो । यसका सबै उतार-चढ़ाव स्विकार्य छ । तर यस्तो घट्ना घटाउने र माफि मै मिलाउने गलत नजिर नबसोस । प्रेम, सम्मान, सुरक्षा, संस्कार , हार्दिकता, मानवता हामी सबैमा हुन जरुरी छ । समय परिस्थितिवश यस्तो घट्नाहरु घट्छन । गल्ती कमजोरी हुन पुग्छन । यसलाई जसो तसो स्विकार्न र सन्तुलन गर्न सकिन्छ । अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घट्ना घटाएर, निरन्तर नकारात्मक व्यङ्ग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष अप्रत्यक्ष वचन लगाएर ख़राब नियतबस मलाई निरुत्साहित गर्ने सोचिरहनु भएको छ भने तपाई अलरेडि असफल सोचमा हुनुहुन्छ किनकि मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाड्ने र आफ्नो सिर्जना मार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रा लाई अब कुनै बिचार, वचन र बोत्तलको प्रहारले रोक्न सक्दैन !

हस, नया सिर्जना र नया कार्यक्रममा भेटौला है ।

नमस्कार

Ads

सम्बन्धित पोष्टहरू