काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका मानिससँग बयान लिन शुरु गरेको छ । प्रहरी वृत्त, मालीगाउँले गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका ताम्राकारको आत्महत्या सम्पर्कमा रहेकाहरुसँग बयान लिन शुरु गरेको हो ।
पहिलो चरणमा सारुकले आत्महत्या गर्नुअघि काम गरिरहेको फिल्म ह्यासट्याग मायाका निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिएको छ । प्रहरीले उक्त फिल्ममा संलग्न केही कलाकारलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।
प्रहरीले सारुकको आत्महत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेका जनाएको छ । उनको मोबाइल परिक्षेको रिपोर्ट आएपछि आत्महत्याको कारणबारे अनुसन्धान गर्न सहज हुने प्रहरीको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्