Ads

हलिउड फिल्म ‘बार्बी’ बिलियन डलर क्लबमा प्रवेश


काठमाडौं । हलिउड फिल्म ‘बार्बी’ फिल्मले संसारभर धमाका मच्चाइरहेको छ । सबैले यसलाई मन पराइरहेका छन् । ‘बार्बी’ले विश्व बक्स अफिसमा तहल्का पिटेको छ । प्रदर्शनको १७ औं दिनसम्म आइतबार यो फिल्म बिलियन डलर क्लबमा प्रवेश गर्‍यो । साथै, लगातार तेस्रो साता पनि यो फिल्म अन्तर्राष्ट्रिय बजारको शीर्षस्थानमा छ ।

आइतबारसम्म विश्वभर ‘बार्बी’को कुल कमाइ १.०३१ बिलियन अमेरिकी डलर छ । ‘बार्बी’ले उत्तर अमेरिकाबाट अहिलेसम्म ४५९ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारबाट ५७२ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ ।३५ ठूला अन्तर्राष्ट्रिय बजारमा यो फिल्म अहिले पनि शीर्षस्थानमा छ । सन् २०२३ मा एक बिलियन डलर कमाउने यो दोस्रो ठूलो फिल्म हो । यसैवर्ष ‘द सुपर मारियो ब्रोज’ फिल्मले यो उपलब्धि हासिल गरिसकेको छ ।

साथै, ‘बार्बी’ले एक बिलियन डलर कमाउँदै चर्चित फिल्महरु फास्ट एक्स, गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम ३, ह्यारी पोर्टर एण्ड द प्रिजनर अफ अज्काबान, ब्याटम्यान भर्सेस सुपरम्यान : डन अफ जस्टिस’को लाइफटाइम कमाइलाई समेत उछिनेको छ ।

Ads

सम्बन्धित पोष्टहरू