दमक । रुवाई मञ्च नेपालको अध्यक्षमा राजकुमार सुब्बा (पारघरी) चुनिएका छन् । शनिवार दमक ७ स्थित संरक्षण टोलको भवनमा सम्पन्न संस्थाको प्रथम वार्षिक साधारण सभाले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा, मुसाहाङ अम्याङ्सा, महासचिवमा विनोद राई, सचिवमा कमल मिश्र र कोषाध्यक्षमा आशा फुयल चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा अशोक बस्नेत, रुमानी कुलुङ, मौलश्री लिम्बू लाओती र रचना लाओती चयन भएका छन् ।रुवाई अभियन्तासमेत रहेका संस्थाका सल्लाहकार याम थुलुङ राईको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र संस्थाको अक्षयकोष विनियम २०८० समेत अनुमोदन तथा पारित गरिएको थियो ।
कार्यक्रममा कवि साहित्यकार लोकेन्द्र बञ्जरा, विवश वलिभद्र कोइराला, विराट किराती, अशोक बस्नेत, कमल मिश्र र ज्योति भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभा रुवाई मञ्च नेपालका संस्थापक मुसाहाङ अम्याङ्साको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्