Ads

पूर्वमुख्यसचिव भण्डारीको शब्द रहेको “पुतली बनी बस्न आयौ” (भिडियो सहित)


काठमाडौँ । पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द, शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको “पुतली बनी बस्न आयौ” गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झा लगायतको अभिनय रहेको भिडियोलाई जनक खड्काले छायांकन र निर्देशन गरेका छन् ।

प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोलाई नतासा क्रियशनको ब्यानरमा तयार गरि हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू