काठमाडौं । अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणबारे अभिनेत्री नम्रता श्रेष्ठले पहिलोपटक मुख खोलेकी छन् ।
सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।
उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपीलसमेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।
नम्रता र सारुकले फिल्म ‘ह्यासट्याग’मा सँगै काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्