काठमाडौं । सरकारले भाषा संग्रहालय स्थापना गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा संग्रहालयका लागि सोमबार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउन लागेको जानकारी दिए ।
उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए । हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाइ छ ।
आइतबार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि मन्त्रालयले समिति गठन गर्ने बताए ।
“यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या । मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्नबित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरू घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषाको म्युजियम बनाउँदैछु,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्