काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको घोषणासङ्गै शुभमुहुर्त यो जानकारी दिइएको हो। यस फिल्ममा ओली प्रधानमन्त्रीको भुमिकामा देखिनेछ्न।
ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।
केही समयअघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्