चाहाना
-जल्पा झा
यो मेरो चाहानाहरुको एउटा सूची हो
हुनसक्छ कि यो सूचीबाट हजुरको पनि
कुनै चाहाना मिलोस्
लिएर दिएर एक जिन्दगी छ ।।
लिएर दिएर एक जिन्दगी छ
र दिल थाहा छैन के के गर्न चाहान्छ
कसैलाई देखेर जिउन चाहान्छ
र कसैको लागि मर्न पनि।।
कसैको घरमा बस्नु छ यसलाइ
र कसैसँग झगडा गर्नु छ
कसैको नाममा पागल हुनु छ
कसैको गल्लीमा हराउनु पनि छ ।।
कसैको अँगालोमा उठ्नु छ, सुत्नु छ
र पूरै टुट्नुअघि
कसैको पूरै हुनु छ
कसैको कुरामा हाँस्नु छ ।।
कसैको कुरामा हाँस्नु छ
कसैलाई कुराकुरामा हँसाउन पनि
कसैको कारणले रुनु छ मलाई
एक जनालाई मज्जाले रुवाउन पनि।।
सबैको जिन्दगीमा छ एउटा मान्छे
कसैको कारणले रुनु छ मलाई
एक जनालाई मज्जाले रुवाउन पनि
कसैलाई आफ्नो साथी बनाउनु छ ।।
कसैलाई आफ्नो साथी बनाउनु छ ।।
कसैसँग फुर्सदमा बसेर
आफ्नो कथा सुनाउन पनि
कसैको गाली नि खानु छ ।।
कसैलाई आफ्नो रिस देखाउनु छ
र कसैलाई उ झर्नु अघि
चाहे त्यो झर्ने कोइ ब्यक्ति होस् या मेरो आँसु
तर उसलाई भगवान बनि बचाउनु छ ।।
यी आँखामा चाहाना सजाउनु पनि छ
यी आँखाबाट चाहाना बगाउनु पनि छ
केही जिम्मेवारी ,केही नाता छ मेरो
जुन पूरा गर्नु पनि छ मलाई ।।
प्रतिक्रिया दिनुहोस्