Ads

भजन शिरोमणी आचार्यको आज अन्त्येष्टि गरिदै


काठमाडौं । सोमबार निधन भएका गायक तथा संगीतकार भक्तराज आचार्यको आज अन्त्येष्टि गरिदैछ । अपरान्ह पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसअघि पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानको प्रांगण लगिने छ । श्रद्धाञ्जलीका क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले आचार्यका गीत गाउनेछन् । दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । ८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।

उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो ४ बजेतिर बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । झण्डै तीन दशक आचार्य बोल्न नसक्ने भएर बाचेका थिए ।

आचार्यको निधन प्रति राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू