Ads

भजन शिरोमणि भक्तराजलाई श्रद्धाञ्जलि दिन नक्साल पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडाैँ । भजन शिरोमणि स्व भक्तराज आचार्यको प्रार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पुगेका छन् ।

उनीहरू मंगलवार अपरान्ह त्यहाँ पुगेका हुन् । श्रद्धाञ्जलि दिन यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिष्ठान पुगेका थिए ।

स्व आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ९ बजेदेखि प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । उनको मंगलवार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

भजन शिरोमणि आचार्यको सोमवार निधन भएको हो । सोमवार अपरान्ह मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको थियो ।

आचार्य लामो समयदेखि दीर्घरोघी थिए । आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।

Ads

सम्बन्धित पोष्टहरू