काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् ।
बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी हुन्।
अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको बताएकी छन्।
दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदै छिन्। हाल अमेरिकामा रहेकी दिव्या यसअघि ‘वरिष्ठ बलराम’ मा पनि मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ।
एक्टरमा पनि दिव्याको मुख्य भूमिका हुने बताइएको छ। प्रदीप खड्काको मुख्य भूमिकामा बन्ने एक्टरमा आना शर्मा र राज बल्लभ पनि अनुबन्ध भइसकेका छन्।
यस फिल्मलाई राजन भुसाल र थमन भण्डारीले मिलेर बनाउनेछन्। वैशाखबाट सुटिङ सुरु हुने फिल्मको प्रदर्शन कात्तिक १५ गतेबाट हुनेछ।
प्रतिक्रिया दिनुहोस्