काठमाण्डौ । स्थानीयतहको निर्वाचन पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विषयमा के–के कुरा बोल्लान भन्ने धेरैलाई लागिरहेको थियो ।
तर निर्वाचन पछि आईतबार पहिलोपटक राजनीतिक कार्यक्रममा सहभागि भएका ओलीले राजनीतिको बारेमा कुनै कुरा बोलेनन् ।
मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले धेरै साहित्यीक र कविताका कुरा गरेर आफ्नो भाषण सकाएका थिए ।
४० मिनेट भाषण गरेका ओलीले कविता र कविता बारेको चर्चा गरेका थिए ।
ओलीले मीनाले लेखेको कविता आफुले संसदमा अर्को दिननै बाचन गरेको स्मरण गर्दै त्यो कविता पुरै पढ्दा अझ लामो र गहकिलो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्