काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेका पक्षमा जनमत निर्माणमा सहभयोग गरेका कलाकारलाई आज सम्मान गर्ने कार्यक्रम छ ।
राष्ट्रिय जनसंगित कलाकार संघले काठमाडौको बुद्ध नगर स्थित क्वाललिटी ब्यांक्वेटमा कार्यक्रम गरेर कलकारलाई सम्मान गर्न लागेको हो ।
संघका अध्यक्ष बैकुण्ठ महतका अनुसार स्थानीय निर्वाचनका बेला एमालेको पक्षमा जनमत निर्माणमा सहयोग गरेका कलाकारलाई सम्मान, वर्तमान गीत,संगित र कलकारिताको क्षेत्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने र विभिन्न मनोरञ्जनात्मक प्रष्तुतीहरु गरिने छ ।
कार्यक्रम दिउसो १२ बजे देखि सुरु हुने महतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्