Ads

सत्ता गठबन्धनका शीर्ष नेतासहित अनुगमन समितिको बैठक जारी


काठमाडौं । निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसहित उक्त बैठकमा छलफल भइरहेको बताइएको हो । हिजो बसेको बैठकमा महानगर र उपमहानगरको भागबण्डामा सहमति नभएपछि आज बैठक बसेको हो ।

पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुन्छ त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने सहमति भएको बताइएको छ ।

साझा चुनाव चिह्नमा लड्ने सहमतीसंगै आजको बैठकमा नेताहरु महानगर र उपमहानगरको भागबण्डामा पनि सहमतिनजिक पुगेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू