Ads

नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरिने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाल वायु सेवा निगम लाई कम्पनीमा रूपान्तरण गरिने बताएका छन् ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले निगमको व्यवस्थापन सुधार गरिने जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको विकासका लागि रणनीतिक साझेदार खोजी गरी उपयुक्त विधिबाट सञ्चालन गरिने पनि बताए ।

Ads

सम्बन्धित पोष्टहरू