बालेन्द्र शाह र डा. स्वर्णिम वाग्ले बीच शुक्रबार सिंहदरबारमा भएको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला भएको उक्त भेटले सरकारको आर्थिक तथा नीतिगत प्राथमिकताबारे चासो बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा बिहीबार प्रतिनिधिसभाबाट पारित नीति तथा कार्यक्रम, आगामी बजेटका प्राथमिकता तथा सरकारको आर्थिक रणनीतिबारे छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिइरहेका बेला प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीचको संवादलाई आगामी बजेटको दिशा, विकास प्राथमिकता र आर्थिक सुधार योजनासँग जोडेर हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्