Ads

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। भोलि(शुक्रबार) बस्ने बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे बैठकमा छलफल हुने बताइएको छ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगर प्रमुख भागमा परेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू