Ads

तराइ मधेसको विकास गर्न एमालेले जित्नुपर्छ: अध्यक्ष ओली


रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको बताउनु भएको छ ।

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महीना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्गदेखि धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’

अध्यक्ष ओलीले तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताउनु भयो ।

Ads

सम्बन्धित पोष्टहरू