काठमाडौं । कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा जाने चर्चा चल्नासाथ मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।
उनीसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू प्रवेश गरे ।
प्रतिक्रिया दिनुहोस्