Ads

अपडेट : कपन आगलागीमा दुई जनाको मृत्यु


काठमाडौं- काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक दुई जनाको पहिचान खुलेको छैन ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग भइरहेको प्रहरीले बताएको छ।

Ads

सम्बन्धित पोष्टहरू