Ads

चार हजार मानिसलाई सुरक्षित स्थानमा सारियो


एजेन्सी । रुसमा कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेर बाढी आएपछि उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

उक्त क्षेत्रमा गत शुक्रबारदेखि मुसलधारे वर्षा भइ रहँदा बाँध फुटेको हो । बाढीका कारण दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताइएको छ । रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लंघन गरेको भन्दै सम्बन्धित निकायलाई कारवाही गर्ने जनाएको छ ।

ओरेनबर्गमा युराल नदीमा जलस्तर बढ्न सक्ने चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको रुसका अधिकारीहरुले बताएका छन् । पाँच लाख जनसंख्या रहेको सो शहरका अधिकांश भाग डुबानमा परेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू