Ads

आयरल्यान्डविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको शतक


काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड वुल्भसविरुद्ध अर्धशतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले २१औं ओभरको पहिलो बलमा चौकासँगै ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए ।

Ads

सम्बन्धित पोष्टहरू