Ads

आमाको पदचापमा बाँसुरी


एजेन्सी\ भारतकी प्रभावशाली नेतृ सुष्मा स्वराजकी छोरी सक्रिय राजनीतिमा प्रवेश गरेकी छन् । ४ वर्षअघि निधन भएकी भारतकी तत्कालीन विदेशमन्त्री तथा चर्चित नेतृ सुष्मा स्वराजको विरासत पछ्याउँदै उनकी छोरी बाँसुरी स्वराजले टिकट हत्याएकी हुन् ।

भाजपाकी प्रभावशाली नेतृ तथा नरेन्द्र मोदी क्याबिनेटकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले जित्दै आएको दिल्लीको लोकसभा सिटबाट बाँसुरीलाई उम्मेदवार बनाउने निर्णय बिजेपीले गरेको छ ।

आगामी मे महिनामा हुने दिल्लीको लोकसभा निर्वाचनमा बाँसुरीलाई अघि सारेर बिजेपीले सुष्मा स्वराजको परिवारलाई पार्टीमा अघि बढाउन खोजेको छ । मिनाक्षी लेखीको टिकट खोसिँदा उनको कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि बरुण गान्धीको पनि टिकट खोसिएको थियो । पेशाले कानून व्यवसायी रहेकी बाँसुरीले आफूलाई जनताको आशिर्वाद मिलेको र मोदीको ग्यारेन्टी एजेण्डा अनुसार आफू राजनीतिमा आएको बताएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू