Ads

सुरक्षाकर्मी-माओवादी भिडन्त, २९ जनाको मृत्यु


एजेन्सी, भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ । हिजो दिउँसो भएको पछिल्लो घटना अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू