Ads

युक्रेन र गाजामा सहायता प्याकेज


एजेन्सी । अमेरिकी प्रतिनिधि सभाको तल्लो सदनले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ ।

सदनले युक्रेनलाई ६१ अर्व अमेरिकी डलर बराबरको राहत प्याकेज दिने प्रस्ताव पारित गर्दा गाजा र इजरायलका लागि भने २६ अर्व अमेरिकी डलर दिने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको अपील अनुसार अमेरिकी संसदमा प्रस्ताव पेश भएको हो । प्रस्तावमा ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पाउने भएको छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आंकलनका साथ राष्ट्रपती बाइडेनले यो प्रस्ताव सदनमा पेश गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू