Ads

वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गर्‍यो २१० रनको लक्ष्य


काठमाडौं। वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ।

टस जित्दै पहिले ब्याटिङको निर्णय लिएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै २०९ रनको विशाल स्कोर खडा गरेको हो।

वेस्टइन्डिजका लागि आन्द्रे फित्चरले सर्वाधिक रन बनाए। उनले माात्र ५२ बलमा ८४ रन जोडे। भने फाबियन एलनले ३३ रन जोडे। यस्तै ओपनर चार्ल्स जोनशनले ३० बलमा ५८ रन बनाए। एलिक अथाजले ५ रन बनाउँदा केसी कार्थीले ४ रन मात्र जोडे।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए। मध्याह्न सवा १२ देखि सुरु भएको खेलमा पनि वेस्टिइन्डिजले टस जित्दै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो। पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ।

सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ।

कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए। तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू