Ads

ब्राजिलको बाढीमा मृत्यु हुनेको संख्या ५७ पुग्यो


एजेन्सी । ब्राजिलमा भारी वर्षासगै बाँध भत्केर आएको बाढीमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । बाढीमा हराएका ६७ जनाको खोजी कार्य भइरहेको छ । बाढीका कारण ३२ हजार घरपरिवार विस्थापित भएका छन् ।

बाढीका कारण ब्राजिलका अधिकांश शहर जलमग्न भएका छन् । बाँध भत्केर आएको बाढी बस्तीसम्म प्रवेश गर्दा त्यहाँको जनजीवन प्रभावित बनेको हो ।

बाढीका कारण विगत पाँचदिनदेखि हजारौं मानिस बिजुली र यातायातको सुविधाबाट बञ्चित भएका छन् । बाढीले दर्जन बढी सडक भत्कनुका साथै सडकमा पानी जमेकाले यातायात सेवा ठप्प भएपछि कलेज र विद्यालयहरु केही समयका लागि बन्द गरिएको छ ।

यसैबीच बाढीबाट विस्थापित भएकाहरुका लागि उचित राहतको व्यवस्था गरिएको जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू